अध्यक्ष कपको उपाधी सीता जनसहयोग मावीलाई


दैलेख : डुङ्गेश्वर गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको स्थानीय तह स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी सीता जनसहयोग मावी अवलपराजुलले जितेको छ । अवलपराजुलमा सम्पन्न भएको प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ३ कास्य पदक जित्दै सीता जनसहयोग मावी प्रथम भएको हो । ५ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित सरस्वती मावी वइरी द्धितिय भएको खेलकुद विकास समितिका अध्यक्ष राजुकुमार खत्रीले बताए ।

पाँच स्वर्ण, ५ रजत र ४ कास्यसहित जनकल्याण मावी तृतिय भएको छ । यस्तै ५ स्वर्ण, ३ रजत, ३ कास्यसहित त्रिवेणी संगम मावी चुप्रा चौथो, ३ स्वर्ण, ४ रजत र ६ कास्यसहित पिपलचौतारा मावी डाडापराजुल पाँचौ र नेरा मावी हनेटा छैठौँ भएको छ । नेरा मावीले ५ रजत र ३ कास्य जितेको खेलकुद विकास समितिका अध्यक्ष खत्रीले बताए ।

आगामी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता जनकल्याण मावी सेर्माकोटमा हुने गरि यो वर्षको प्रतियोगिता सम्पन्न भएको खत्रीको भनाई छ । खत्रीले प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, उपाध्यक्ष कलावती न्यौपाने लगाएत अन्य जनप्रतिनीधि, विद्यालयहरु तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीलगाएतको उपस्थितीमा प्रतियोगिता समापन भएको हो ।

तपाईको प्रतिक्रिया