डीन कर्णालीको अधिवेशनका लागि दैलेखबाट छानिए प्रतिनिधि

दैलेख । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)“ कर्णाली प्रदेशको प्रथम अधिवेशनका लागि दैलेखबाट प्रतिनिधि छानिएका छन् । अधिवेशनका लागि डिन दैलेखका अध्यक्ष हेमा खड्कासहित ९ जना प्रतिनिधि छनौट भएका हुन् ।
आगामी पौष ९ गते हुन गैरहेको डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा दैलेखबाट डिन दैलेखका अध्यक्ष हेमा खड्का, सचिव दिपक कुमार विस्ट, सल्लाहकार रजनी कुमारी थापा, सदस्य एलिसा आचार्य छानिएका छन् ।

यस्तै आठबीस नगरपालिकामा कार्यरत बिमलकुमार थापा, पूर्वाधार विकास कार्यालयमा कार्यरत दिपककुमार बोगटी र जिवन सिंह, महाबु गाउँपालिकमा कार्यरत योगेन्द्र रावल र कुमार परियार प्रतिनिधि छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया