गुराँस गाउँपालिकाको नवनिर्मित भवन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने


दैलेख । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको गुराँस गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने भएका छन् । एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताए । नेकपा एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा दैलेख आईपुगेका ओलीले गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने भएका हुन् ।

भोली सोमवार गाउँपालिकाको कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । गाउँपालिकाले पूर्वप्रधानमन्त्रीबाट कार्यालयको नवनिर्मित भवन उद्घाटन हुने कार्यक्रममा सहभागि हुन सार्वननिक आह्वान समेत गरेको छ । भवनको निर्माणको जिम्मा जेसिका एण्ड अभियान कन्स्ट्रक्सन प्रालि महाबु गाउँपालिका–३ ले पाएको थियो ।

तपाईको प्रतिक्रिया