राउटे महामुखियाको निधन


दैलेख : लोपोन्मुख जाती राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । ६६ वर्षिय शाहीको आज विहान निधन भएको हो । गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उनको जन्ममिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ । राउटे समुदायले आफ्नो परम्परा अनुसार मृतक शाहीको अन्तिम दाहसंस्कार गरिसकेको सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनामार्फत बस्तीमा खटिएका शिक्षक लालबहादुर खत्रीले बताए ।

महामुखिया शाहीको पत्नि दुनी शाही र दुई बुहारीहरु सुरमान र सुन्दरी शाही रहेका छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केहि समयअघि आगोमा जलेर निधन भएको थियो । नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो ।

१४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ पुगेको छ । फिरन्ते जीवनयापन गर्दै आएका उनिहरुको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ । सोहि वडाको कोइराल गाउँ आसपास बसोबास रहेका उनिहरु पाँच दिन अघिमात्रै बस्ती सरेका थिए ।नेपाली

तपाईको प्रतिक्रिया