मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं : भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। आजको बैठकमा छलफलपश्चात जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवश्यक राहतको घोषणा हुने बताइएको छ। सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनर्स्थापनालाई प्रभावकारी तुल्याउने पहल थालेको छ। शुक्रबार प्रधानमन्त्री दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १ सय ५७ को ज्यान गएको छ। करिब २ सयको संख्यामा उपचारत छन्।  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले शनिबार साँझसम्म जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको बताए। यस्तै जाजरकोटको छिमेकी जिल्ला रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया