युवा संघ कर्णालीको अध्यक्षमा दैलेखका जीवन शाही


दैलेख । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेश कमिटिको अध्यक्षमा दैलेखका जीवन शाही चयन भएका छन् । प्रदेश राजधानीमा भएको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट शाहीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
दैलेखको आठबीस नगरपालिका–३ का शाही सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । शाही २०६९ मा नेकपा एमालेको दैलेख–काठमाडौं सम्पर्क मञ्चको सदस्य, २०७० मा किस्ट कलेजको अनेरास्ववियु इकाई इन्चार्ज, २०७३ मा युवा संघ दैलेखको सचिवालय सदस्यको भूमिका थिए ।

उनि नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा कालमा युवा संघ दैलेखको संयोजक तथा केन्द्रिय सचिवालय सदस्य हुन् । नेकपा विभाजनपछि पनि उनि युवा संघ दैलेखको अध्यक्ष थिए । उनिसँग स्वास्थ्यकर्मीको रुपमा लामो समय विकास साझेदार निकायहरुमा काम गरेको अनुभव समेत छ । यस्तै संघको उपाध्यक्षमा गणेश शाही, सचिवमा पिटर चुनारा चयन भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया