भानेश्वर मावीको आफ्नै शैक्षिक कार्यपात्रो


दैलेख । दैलेखको दुल्लु नगरपालिका–२ नाउलेकटुवालस्थित भानेश्वर मावीले आफ्नै शैक्षिक कार्यपात्रो बनाएको छ । विद्यालयको बार्षिक रुपमा हुने कार्यक्रम, शिक्षक अभिभावक र विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता लगाएतका विषय समेटेर कार्यपात्रो तयार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्रकुमार थापाले बताए ।

उनका अनुसार विद्यालयले तयार गरेको शैक्षिक कार्यपात्रो आइतवार बिमोचन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा पात्रो बिमोचन गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारी, दुल्लु नगरपालिका–१ का वडाध्यक्ष, तर्कबहादुर खड्का, २ का वडाध्यक्ष फारमसिंह थापा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागितामा उक्त शैक्षिक कार्यपात्रो बिमोचन गरिएको हो ।

‘विद्यालयमा प्रत्येक महिना एक पटक सामुहिक कक्षा हुन्छ, उक्त कक्षामा बालविवाह, नागरिकता, लागुऔषध दुव्र्यसन, संघीयता र स्थानीय तहबारे कक्षा दिने गरि शैक्षिक पात्रोमा समेटिएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले भने । पात्रोमा शिक्षक, अभिभावक र विद्यार्थीले पालना गर्नुुपर्ने आचारसंहिता पनि समावेश छ ।

यसैबिच विद्यालयले शिक्षक, अभिभावक, विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहितासहितको कापी प्रकाशन गरेको छ । विद्यार्थीहरुलाई सोहि कापी प्रयोगमा प्रोत्साहित गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया