महाबु–२ का वडाध्यक्ष थापाले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा


दैलेख । दैलेखको महाबु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाशराज थापाले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । गाउँपालिकाको प्रवक्ता समेत रहेका थापाले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

‘हामी ग्रेटर नेपाल बुज्दछौ, ग्रेटर नेपाल जान्दछौ’ लेख्दै वडाध्यक्ष थापाले कार्यकक्षको भित्तामा राखिएको ग्रेटर नेपालको नक्सासहितको तस्विर फेसबुक प्रोफाइलमा तस्विर राखेका छन् ।

केहि दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो । उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’ को नक्सा राख्नुपर्ने माग उठिरहेका बेला जनप्रतिनीधिहरुले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्न थालेका छन् ।

तपाईको प्रतिक्रिया