बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । निजी कामको सिलसिलामा भारतमा रहेका बेला बालेनले कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे उनका सचिवालयका सदस्यहरुले जानकारी दिएका हुन्।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।  त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो । मेयर शाह  भारत जानु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया