प्रचण्ड क्याबिनेटले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

गलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्री सहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

तपाईको प्रतिक्रिया