हल्काराको चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा


काठमाडौं । वैशाख २९ गते रिलिज भएको नेपाली फिल्म ’हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएको हो । प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका–०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका –०६, मकवानपुरका वासुदेव अर्यालले प्राप्त गरेका छन् ।

चलचित्र टिमले विजेताहरूलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका वा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताइएको थियो। सोही अनुरूप नेपालभरबाट पत्रहरू प्राप्त भएका थिए । यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएतापनि केही प्राविधिक जटिलताका कारण मङ्गलबार नतिजा प्रकाशन गरिएको हो ।

तपाईको प्रतिक्रिया