कर्णाली प्रदेश बालक्लब संजाललाई सिफ्ट औजार तालिम

सुर्खेत : प्रदेश बाल क्लव सञ्जालका पदाधिकारी सदस्यहरुका लागि तीन दिने सिफ्ट औजारको तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहेको कर्णाली प्रदेश बाल क्लव सञ्जालका २१ जना पदाधिकारी मध्ये १५ जनाले तालिम प्राप्त गरेका हुन् । सामाजिक विकास मन्त्रालय र बाल अधिकारका लागि साझा अभियान सुर्खेत, सेभ द चिल्डे«नको संयुक्त प्रयासमा उक्त तालिम प्रदान गरिएको हो ।

तालिमम अवधीभर बालबालिकाहरुले कर्णाली प्रदेशमा बालबालिकाहरुको सवालहरुमाथी छलफल गरि प्रथामिकीकरण गरेको थिए । सहभागी बालबालिकाहरुले जलवायु परिर्वतनको सवाल बालबालिकाको अधिकारको सवाल हो भनी जलवायू परिर्वतनसंग सम्बन्धित ज्ञान सीप र धारणामा विकास गरेका छन् ।

तालिममा सहभागी बालबालिकाहरुको विभिन्न प्रतिभाहरु प्रस्तुत गर्दै जलवायु परिर्वतन र यसको विभिन्न असरहरुको बारेमा छलफल गरे । उनिहरुले वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालसंग छलफल समेत गरेका छन् । छलफलमा बालबालिकाहरुले जलवायु परिर्वतन र फोहोर व्यवस्थापनमा नगरपालिकाको भुमिका, योजना र कार्यक्रमको बारेमा जिज्ञासा राखेका थिए । जवाफमा नगरप्रमुख ढकालले बालबालिकाहरुले जलवायु परिर्वतन र फोहोर व्यवस्थापनमा चासो दिएको भन्दै खुसी व्यक्त गरिन् ।

सहभागीहरुले हरित विद्यालयको रुपमा परिचित कोपिला भ्याली स्कुलको समेत भ्रमण तथा विद्यालय परिवार, विद्यार्थी शिक्षकहरुसंग अन्र्तक्रिया, प्रतिभा प्रस्तुत तथा खुला चित्रकला तयार गरेका थिए । कार्यक्रमको सहजीकरण सेभ द चिल्डेनका लक्षिन्द्र महर्जन, वीरेन्द्र थापा, स्प्रीया श्रेष्ठ तथा सिसिआर कर्णालीका संयोजक टेकराज आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया