एक सय २० बालबालिकाले पाए झोला

दैलेख : जिल्लाको नारायण नगरपालिका–३ प्युसेस्थित जनजागृति आधारभुत विद्यालयमा अध्ययनरत एक सय २० जना बालबालिकाले झोला पाएका छन् । दैलेख जिल्ला सदरमुकामस्थित होटल एनकेका सञ्चालक तथा रेडियो ध्रुवतारा सामुदायिक एफएम सञ्चालक समितिका अध्यक्ष नन्दकिशोर बस्नेतले बालबालिकालाई झोला सहयोग गरेका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले ६५, सेतो गुराँस बाल विकास केन्द्रले २० र विद्यालयले ३५ वटा गरि एक सय २० जना बालबालिकालाई झोला वितरण गरिएको हो । विद्यालयको २७ औँ वार्षिकउत्सवको अवसरमा बालबालिकालाई झोला वितरण गरिएको हो ।

बालबालिकाको शैक्षिक सुधारको लागि विद्यालयमा अध्ययनरत सबैलाइ एक/एक थान झोला निशुल्क बितरण गरिएको बस्नेतले बताए । कुल विद्यार्थी मध्ये ९० प्रतिशत दलित समुदायका बालबालिका रहेको स्कुलमा सहयोगले थोरै भएपनि टेवा पुग्ने अपेक्षा गरेको बस्नेतको भनाई छ । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर नेपाली, वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, प्रधानाध्यापक नारायण पाण्डे तथा समन्वयका लागि सेतो गुराँस बाल विकास केन्द्रलाई धन्यवाद दिएका छन् ।

Exif_JPEG_420
तपाईको प्रतिक्रिया