दैलेखमा ५५ वर्षिय पुरुषले आफैलाई हाने गोली

दैलेख : दैलेखको नौमूले गाउँपालिका–५ स्थित गुराँसेका एक पुरुषले आत्महत्या गरेका छन् । स्थानीय ५५ वर्षिय कर्ण बहादुर बुच्चामगरले भरुवा बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जनाकारी दिए ।

बुच्चा मगरले घरमा कोहि नभएको अवस्थामा आफ्नै घरको बार्दलीमा आफुले आफैलाई भरुवा बन्दुकले गोली हानी आत्महत्या गरेको डिएसपी लम्सालले बताए । उक्त घटनाबारे स्थानिय भक्त बहादुर थापाले ईलाका प्रहरी कार्यालय नौमुलेमा जानकारी दिएका थिए । प्रहरीले उक्त भरुवा बन्दुक नियन्त्रणमा लिईसकेको छ । थप अनुसन्धानको लागि प्रहरी निरीक्षक कमल प्रसाद आचार्यको कमाण्डमा सोको टोलीसहित प्रहरी घटनास्थलमा खटिएको छ ।

तपाईको प्रतिक्रिया