जापानमा कोरोनाबाट एकै दिन साढे ४ सय मानिसको मृत्यु

काठमाडौं । चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ।

जापानमा बुधबार हिजो मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। यो तथ्यांकपछि थप झण्डै २ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको ओल्डोमिटरले उल्लेख गरेको छ।

हिजो २ लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये २० हजार २ सय ४३ केश राजधानी टोक्योमा मात्रै भेटिएका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार पछिल्लो एक हप्तामा चीनपछि सबैभन्दा बढी जापानमा कोरोना संक्रमण फैलिएको छ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि र मृत्यु हुनेको संख्या पनि अचानक बढेपछि जापान सरकारले लकडाउन लगायतका विकल्पमा छलफल सुरु गरेको छ। उता चीनीले भने शून्य कोभिड नीति बन्द गरेर प्रतिबन्धहरु खुकुलो पारेको छ।

तपाईको प्रतिक्रिया