एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा

नेपालगन्ज,३१ असोज–प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमालेले आज बाँके क्षेत्र नंं ३ प्रदेश ख को सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जानकी गाउँपालिका–४ खजुराखुर्दमा एक समारोहका बीच नेकपा एमाले बाँकेका अध्यक्ष एवम् बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति र क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीम वलीले उद्घाटन गर्नुभएको छ । क्षेत्र नं. ३ प्रदेश क को बैजनाथमा र क्षेत्र नं. ३ को सम्पर्क कार्यालय खजुरामा स्थापना गरेर चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाईने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो ।
कार्यालय स्थापना समारोहमा एमाले प्रदेश कमिटी सदस्य एकमाया बि.क., जिल्ला उपाध्यक्ष डिल्ली बिसी, जानकी गाउँपालिका इन्चार्ज किशोर थापा, गाउँपालिका कमिटी अध्यक्ष बिश्रामकुमार बर्मा लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । प्रदेश तथा क्षेत्रस्तरीय सम्पर्क कार्यालय स्थापना लगत्तै क्षेत्रभरी वडास्तरमा नेकपा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी गठन हुने एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क मा पार्टी सचिव रत्न खत्री र प्रदेश ख मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया