दैलेखमा मोतीबिन्दु शल्यक्रिया शिविर हुँदै


दैलेख । दैलेखमा मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । असोज ४ गतेदेखि ७ गतेसम्म निशुल्क आँखा जाँच, निशुल्क औषधी वितरण तथा मोतीबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सविना दाहालले जानकारी दिइन् ।

स्वास्थ्य सेवा कार्यालय दैदलेख, दैलेख जिल्ला अस्पतालको समन्वयमा मित्र समाज काठमाडौंको आयोजना तथा मेट्रो आई केयर प्राली सुविधानगर काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।

May be an image of text

तपाईको प्रतिक्रिया