केम्सन सुर्खेतको साधारणसभा भोली


सुर्खेत । सर्जिकल तथा ल्याब सम्बन्धि सामाग्रीहरुको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन (केम्सन) सुर्खेत शाखाको प्रथम साधारण सभा भोली शुक्रवार हुने भएको छ । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) सुर्खेत शाखाको प्रथम साधारणसभा भोलि भदौ १ गते कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा हुन लागिको केम्सन सुर्खेतका महासचिव महेन्द्रकुमार थापा ‘मानवसेवा’ ले जानकारी दिए ।

केम्सन सुर्खेतका तदर्थ समितिका कार्यवाहाक अध्यक्ष रविन्द्र थापाको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका भक्तबहादुर हमालको प्रमुख आतिथ्यतामा प्रथम साधारणसभा हुन लागेको हो । साधारण सभा सुर्खेतको सिदार्थ होटलमा साँझ ६ बजेदेखि सुरु हुने महासचिव महेन्द्रकुमार थापा ‘मानवसेवा’ ले बताए । साधारण सभाले रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) सुर्खेत शाखाको नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया