एमाले कर्णाली प्रदेश अधिवेशन असोज १० र ११ गते

काठमाडौँ । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ । एमाले सचिवालयको सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६ र १७ गते, मधेश प्रदेशमा असोज ५ र ६ गते, वाग्मती प्रदेशमा असोज ८ र ९ गते‚ कर्णाली प्रदेशमा असोज १० र ११ गते, कोशी प्रदेशमा असोज १२ र १३ गते, गण्डकी प्रदेशमा असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गतेका लागि अधिवेशन तोकिएको कार्यालय सचिव भीष्म अधिकारीले बताए ।

यसका साथै बैठकले एमाले केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनीत गरेको छ । बैठकले कञ्चनपुरमा भएको युवासंघको झडपको विषयमा छानबिन गर्नका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ । टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली‚ स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहेका छन् ।

तपाईको प्रतिक्रिया