बिग्रिएर थन्किएका एम्बुलेन्स मर्मत गरि सञ्चालनमा ल्याउँदै गुराँस गाउँपालिका


दैलेख । जिल्लाको गुराँस गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन तयारीमा जुटेको छ । गाउँपालिकाले बिग्रीएर लामो समयदेखि थन्किएको एम्बुलेन्स मर्मत गरि पुःन सञ्चालनमा ल्याउन लागेको हो । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी भन्छन् ‘गत २०७८ कार्तिक–मंसिर देखी बिग्रेर थन्किएको एम्बुलेन्स पुनः मर्मत सम्भार गरि संचालनको तयारी हुँदैछ । साथै (ख) श्रेणी को नयाँ एम्बुलेन्सको लागि समेत तेस्रो पटक खरिद प्रक्रियामा छ । धैर्य गर्न सबैमा अनुरोध छ ।’

तपाईको प्रतिक्रिया