जुम्लामा उपचार नपाएको भए म बाँच्दिनथे होला !

तस्विर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किएकी नानी विक साथमा छोरी /  लडेर हात भाँच्चिएपछि हातलाई डोरी र काठले बाँधेर अस्पताल जाँदै गरेर नानी विक

हिक्मतबहादुर नेपाली
दैलेख । गर्भमा आठ महिने शिशु हुर्कदै थियो । सामान्य घरायसी कामहरु गर्न पनि उनलाई सहज थिएन् । तर, काम नगरी घरको गर्जो टार्न हम्मे हम्मे पर्ने भएपछि उनि जसोतसो घरायसी काम गर्थिन् । उनि हुन्, मुगुको छायाँनाथ रारा नगरपालिका–१२ की २५ वर्षिय नानी बिक । गत असार २२ गते उनि घरछेउमै काम गर्ने क्रममा लडिन् । श्रीमान लालसिंह विकका अनुसार मकै गोड्न बारीमा गएको बेला लडेर उनि नराम्ररी थला परिन् । उनको बाँया हात दुई ठाउँमा भाँच्चियो ।

‘जसोतसो जीवन गुजारा चलाईरहेको हामीलाई यो घटनापनि ठूलो आपत्त आईलाग्यो, घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि महंगो रकम खर्चेर सुविधासम्पन्न अस्पतालमा पु¥याउन सकेनौँ,’ लालसिंह भन्छन् । उनले श्रीमतीलाई उपचारका लागि मुगु अस्पतालमा भर्ना गरे । झण्डै एक हप्तापछि मुगुमा उपचार सम्भव नभएपछि अस्पतालले रिफर गरिदियो । ‘अस्पतालले सुर्खेत वा नेपालगंज लैजान भन्दै रिफर गरिदिएपछि समस्यामाथी समस्या थपियो,’ लालसिंह भन्छन् ।

स्थानीय समाजसेवी लगाएतको सहयोगमा नानीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लैजाने निधो भयो । असार २८ गते मुगु अस्पतालमा भर्ना भएकी नानीले साउन पाँच गते चौथो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । ‘धेरैको सहयोग पाएर जुम्लामा आएर राम्रो उपचार पाएँ, छोरी पनि जन्मिइन्, हातको शल्यक्रिया गरेर रड राखिएको छ,’ नानी भन्छिन् ‘जुम्ला अस्पतालसम्म नआएको भए म बाँच्दिनथे होला ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार पाएपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । नवजात शिशुको स्वास्थ्य अवस्था पनि राम्रो रहेको नानीले बताइन् । उनि झण्डै एक महिनापछि डिस्चार्ज भएकी छन् । दुःख लिएर अस्पताल आएकी उनि खुसी बोकेर घर फर्किएकी छिन् । श्रीमतीको उपचारका लागि अस्पताल र विभिन्न व्यक्तिहरुले ठूलो सहयोग गरेको लालसिंह बताउँछन् । ‘अस्पतालमा उपचार चलुन्जेल सामान्य औषधी बाहेक शल्यक्रिया लगाएतको शुल्क विभिन्न व्यक्ति र अस्पतालले बेहोरिदिनुभयो,’ उनले भने ।

उनको उपचारका लागि मुगु अस्पतालमा रहेका भुवन पुरी, समाजसेवी सुर्यादेवी मल्ल लगाएत छिमेकीहरुले ठूलो सहयोग गरेको अभियान्ता महेन्द्रकुमार थापाले बताए । ‘आठ महिने गर्भवती महिला लडेर हात भाँच्चिएपछि मुलु अस्पतालमा सामान्य उपचार गराएपनि शल्यक्रिया गर्नुपर्ने देखिएपछि हामीले विभिन्न व्यक्ति र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसँग समन्वय ग¥यौँ, अन्ततः उनको उद्दार भयो, उपचारपछि नवजात छोरीसहित घर फर्किनुभएको छ,’ नानीको उपचारका लागि जुटेका थापाले भने ।

विभिन्न माध्ययमबाट सहयोग जुटाएर श्रीमतीको उपचार गराएका लालसिंहको परिवारलाई समस्याहरुले घेरिरहेको छ । उनको परिवारलाई विहान साँझको छाक टार्नसमेत धौधौ परिरहेको छ । ‘धेरथोर जग्गा थियो, त्यसमै खेतीपाती गरेर छाक टाथ्र्यौ, गत वर्षको पहिरोले आधा जग्गा बगाईदियो, जीविकोपार्जनका लागि अरु कुनै स्रोत छैन्,’ उनले भने । उनका यसअघि दुई छोरी र एक छोरासहित तीन सन्तान छन् । ‘कमाउनलाई कालापहाडतिर जाउँ भने लडेर थला परेकी श्रीमती र छोराछोरी बेसाहारा हुन्छन्, गाउँमा आम्दानीको कुनै स्रोत छैन्, परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताईरहन्छ,’ लालसिंह भन्छन् ।

तपाईको प्रतिक्रिया