जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ


दैलेख । जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख प्रहरीले गुराँस गाउँपालिका–४ सेरी घर भई हाल सुर्खेतको बड्डिचौर बस्दै आएका ३१ को करण बहादुर बिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार सुर्खेतबाट दैलेख आउँदै गरेको भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरी चौकी बड्डिचौर सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिईएको सादा पोशाकको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको डीएसपी लम्सालले बताए । पक्राउ गरेका प्रतिवादीमाथी थप अनुसन्धानका थालिएको छ ।

तपाईको प्रतिक्रिया