काभा वुमन्स च्यालेन्ज कप भलिबलमा नेपाल तेस्रो

काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो ।

तर, सेमिफाइनलमा एसियाकै बलियो टिम काजकस्तानसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको लक्ष्य चकनाचुर बन्यो । उपाधि जित्न नसक्नुमा नेपालको धेरै पक्ष कमजोर रह्यो । विदेशी प्रशिक्षक ल्याएर साढे दुई महिना प्रशिक्षण गरे पनि नेपालको परीक्षण सिधै प्रतियोगितामा मात्र भयो । आफ्नो स्तर परीक्षणका लागि नेपाल टिमले कुनै प्रतिस्पर्धात्मक खेल खेल्न पाएन । भलिबल संघले आर्थिक अभावलाई कारण देखाएको थियो ।

तपाईको प्रतिक्रिया