चट्याङ पर्दा एकै परिवारका चार घाइते

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । सोमवार राती स्थानीय प्रबिन विकको घरमा चट्याङ पर्दा चार जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालका अनुसार २१ वर्षिय पारस बिक, १६ वर्षिय हेमा बिक, १७ वर्षिया पुर्णा बिक र २० वर्षिया पुष्पा बिक घाइते भएका छन् ।
घाइतेहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको दैलेख जिल्ला अस्पतालका डा. प्रयास विक्रम सिजापतीले बताए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया