विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा

काठमाडौं : कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन् । परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन् । आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ । आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ ।

विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए । विक्की कमेडी च्याम्पियनका फर्स्ट रनरअप हुन्। विक्की र श्रद्धाले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए । अभिनेत्री श्रद्धा पछिल्लो समय फिल्म ‘प्रेमगीत २’ मा देखिएकी थिइन् ।

तपाईको प्रतिक्रिया