सरस्वतीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

काठमाडौं । सरस्वती जी एमको कप्तानीमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।

लुम्बिनी प्रदेश क्रिकेट संघले सरस्वतीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।  आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा लुम्बिनीको पहिलो खेल पुस ३० गते कर्णली प्रदेशविरुद्ध रहेको छ । प्रतियोगिताको ७ माघमा फाईनल खेल रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ३ हजार प्राप्त गर्नेछन् ।

पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।  जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।  २ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।

लुम्बिनीको टोली :

सरस्वती जिएम (कप्तान), कृतिका मरासिनी, सुस्मिता भुसाल, आश्मा पुलामी मगर, लक्ष्मी चौधरी, सरस्वती पुन, मधु डिसि, कमला खड्का, मनिसा राना, जिज्ञासा थापा, सुस्मिता बजगाईं, रन्जु श्रेष्ठ, बिपाशना बिसि र कमला जिएम 

तपाईको प्रतिक्रिया