नबल नेपालको आवेग र नियति बिसाउने ‘चौतारी’ युट्युबमा

काठमाडौं : माटो सुहाउँदो चलचित्र निर्देशनमा खप्पिस मानिने निर्देशक नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा ुचौतारीु युट्युबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक चौतारीमा उमेरले उत्पन्न गर्ने आवेग र त्यसपछिको नियतिलाई केलाउने प्रयास गरिएको छ ।युवा उमेरमा हुने आकर्षण, प्रेम र धोकाका किस्सालाई भिडियोमा अर्थपूर्ण रूपमा देखाउने प्रयास गरिएको छ । साथै सन्तानको भविष्यका लागि अभिभावकले गरेको त्यागलाई पनि भिडियोमा स्थान दिइएको छ ।

भिडियोको कथालाई दिनेश न्यौपाने र नबल नेपालले सङ्कलन गरेका हुन। १६ मिनेट अवधिको उक्त लघु सिनेमा हरि ढकाल र गीता ढकालले निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन्।वसन्त भट्ट, मिना ढकाल, विकास लामिछाने र सिम्रन खड्काको अभिनय रहेको चौतारीमा प्रिया न्यौपानेको अतिथि भूमिका रहेको छ। नवीन निरौलाको सम्पादन रहेको चौतारीले भोकाएका दर्शकहरूलाई मनोरञ्जन दिने कुरामा निर्देशक नेपाल ढुक्क देखिन्छन् ।

तपाईको प्रतिक्रिया