किन दीपाश्रीको सिउँदोमा सिन्दूर ?

काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । तस्बिरमा दीपाश्रीको सिउँदो सिन्दूरले रंगिएको छ ।

चन्दागिरीका भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा एकदिन अगाडि पोस्ट भएको उक्त तस्बिरलाई लिएर विभिन्न अडकलबाजी हुन थालेका छन् । टिकटकको पोष्टमा थुप्रैले कमेन्ट गरेका छन् । अविवाहित दीपाको सिउँदोमा सिन्दूर कहाँबाट आयो रु, दीपा दिदीलाई सिन्दूर कसले लगाइदियो रु जस्ता जिज्ञासापूर्ण प्रश्न कमेन्ट गरिएका छन् । तस्बिरमा दीपासँगै पुजारीका अलावा दीपकराज गिरी पनि देखिएका छन् । दीपाश्री सिन्दूरका साथ रातो सारीमा सजिएकी छन् ।

दीपाको सिउँदोमा सिन्दूर फिल्म ‘छक्कापञ्जा ४’ का कारण भएको हो । फिल्मको एक गीत हालै चन्द्रागिरिको भालेस्वरमा खिचिएको छ । फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको सुटिङ अहिले काठमाडौंमा चलिरहेको छ । फिल्म फागुन १९ गते प्रदर्शनको तयारीमा छ । फिल्मका निर्माता निर्मल शर्मा गैडा हुन् ।

तपाईको प्रतिक्रिया