अखिल नेपाल किसान महासंघ दैलेखले बुझायो ज्ञापनपत्र


दैलेख । अखिल नेपाल किसान महासंघ दैलेखले सरकारले ज्ञापनपत्र बुझाएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत ज्ञापनपत्र बुझाएको हो । दैलेखसहित नेपालका अधिकाँश जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, पशुहरुलाई खोजको व्यवस्था गर्नुपर्ने, किसानलाई क्षतिपूर्ति दिनुपर्ने, रोगबाट मृत्यु भएका पशुहरुको बिमा भुक्तानी भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाईएको हो ।

महासंघका दैलेख जिल्ला कमिटि अध्यक्ष नरेन्द्रबहादुर थापाका अनुसार बिमित किसानहरुको भुक्तानी दिन आलटाल गरि दुख दिने र पशुधन बिमा नविकरण नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग अघि सारिएको बताए । रासायनिक मल आपूर्तीमा भएको अभावको तत्काल आयात गरि गुणस्तरिय मल समयमै सहज ढंगले उपलब्ध हुने व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

हेर्नुहाेस् ज्ञापनपत्र

तपाईको प्रतिक्रिया