वनरक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर

किताबलाई प्रतिवन्ध लगाउन तथा लेखक र प्रकाशकलाई कारबाहीको माग

सुर्खेत । वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ । विद्या विकास पब्लिकेसन प्रा.लि. कलंकीले प्रकाशित गरेको नेपाल वन सेवा दिग्दर्शन ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकको पेज नम्बर १४३ मा केटी (महिला) हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ । पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको हो । उक्त प्रश्नलाई लिएर अहिले चर्को आलोचना भइरहेको छ ।

कर्णालीका राजनीतिककर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज सञ्जालहरुले उक्त कितावलाई प्रतिवन्ध लगाउन, लेखक र प्रकाशकलाई कारबाहीको माग गरेका छन् । अखिल नेपाल महिला संघ कर्णाली प्रदेश, अन्तरपाटी महिला सञ्जाल सुर्खेत, नेपाल महिला संघ सुर्खेत, अखिल नेपाल महिला संघ सुर्खेत, बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल कर्णाली प्रदेश लगाएतले ऐक्यवद्धता जनाउँदै लेखक र प्रकाशनलाई कारबाही गर्न र किताबलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

हेर्नुहोस् ध्यानाकर्षणपत्र

May be an image of text

May be an image of text

तपाईको प्रतिक्रिया