विद्यालयको खाली जग्गामा रोपियो सुन्तला र कागतीका विरुवा


दैलेख । जिल्लाको दुल्लु नगरपालिका–७ स्थित विजया माध्यामिक विद्यालयको खाली जग्गामा वृक्षारोपण गरिएको छ । विद्यालयको खाली रहेको जग्गामा सुन्तला र कागतीका विरुवा रोपिएको हो । कर्णाली हेल्पिङ्ग हेन्ड फाउन्डेसन र सामाजिक अभियान्ता महेन्द्रकुमार थापाको अगुवाईमा सुन्तला र कागतीका विरुवा रोपिएको हो । जिल्ला कृषि विकास कार्यालय दैलेख, नेपाली सेनाको कालिदत्त गुल्म र इलाका प्रहरी कार्यालय दुल्लुले वृक्षारोपणमा सहयोग र समन्वय गरेका थिए ।

May be an image of 14 people, tree and text

सुन्तला र कागती जातका पाँच सय बढि विरुवा रोपिएको अभियान्ता थापाले बताए । वृहत वृक्षारोपण कार्यक्रममा सहयोग र समन्वय गर्ने निकायहरुलाई उनले धन्यवाद दिएका छन् । ‘हामीले विद्यालयको खाली रहेको जग्गामा सुन्तला र कागती जातका विरुवा रोपेका छौँ, त्यसलाई हुर्काउन चुनौती छ, अहिले रोपिएका विरुवालाई हुर्काउनका लागि विद्यालय परिवारको ठूलो सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौँ,’ उनले भने । हाल रोपिएका सबै विरुवा हुर्काउन सके विद्यालयको खाली रहेको जग्गा सुन्तला र कागतीको बगैचा बन्ने उनको भनाई छ ।

May be an image of 4 people, tree and grass

May be an image of 3 people, tree and grass

तपाईको प्रतिक्रिया